राजनीति

प्रतिनिधिसभाको बैठक चार बजेका लागि सर्‍यो

प्रतिनिधिसभाको बैठक चार बजेका लागि सरेको छ। दिउँसो ११ बजेपछि बस्ने भनिएको बैठक १२ बजेसम्म पनि सुरु भएको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख देवराज घिमिरेसँग टेलिफोन वार्ता गरी बैठकमा ढिलाइ गर्नका लागि आग्रह गरेका थिए।

कुराकानीमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेको बताएका थिए।

प्रकाशित: ३ जेष्ठ २०८१ १२:१४ बिहीबार

प्रतिनिधिसभाको बैठक