राजनीति

सरकारको नीति तथा कार्यक्रम पुरानै असफल कार्यक्रमहरूको सँगालोः कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै असफल कार्यक्रमहरूको सँगालो रहेको टिप्पणी गरेका छन्।

कोइरालाले सरकाको नीति तथा कार्यक्रम हेर्दा सोह्रौं पञ्चवर्षीय योजनावर्ष पनि असफल हुनेमा आशंका व्यक्त गरे।

'नयाँ पञ्चवर्षीय योजनाको आधार बर्ष आ.ब. २०८१/०८२ को लागि प्रस्तुत नीति तथा कार्यक्रममा विकासको गति बढाउने कार्यक्रम अपेक्षित थियो',सामाजिक सञ्जालमा कोइरालाले लेखेका छन्,'तर पुरानै असफल कार्यक्रमहरुको सँगालोको निरन्तरताले कतै फेरि सोह्रौं योजना वर्ष पनि खेर जाने त हैन रु शंका बढ्यो। अझै समय छ, सुधारौं, नयाँपनमा जाऔँ।'

प्रकाशित: २ जेष्ठ २०८१ ०७:५२ बुधबार

#nepali_congress #shekhar_koirala #policy_programm