राजनीति

सरकारले आपत्कालीन बाल उद्धार कोषको स्थापना गर्ने

सरकारले प्रदेश तथा स्थानीय तहमा आपत्कालीन बाल उद्धार कोषको स्थापना गर्ने भएको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आपत्कालीन बाल उद्धार कोषको स्थापना गर्ने बताएका हुन्। 

उनले भने, 'अभिभावकविहीन, असाह्याय, हिंसा पीडित, बेवारिसे, सडक बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापनाको लागि प्रदेश तथा स्थानीय तहमा आपत्कालीन बाल उद्धार कोषको स्थापना गरिने छ।' 

प्रकाशित: १ जेष्ठ २०८१ १६:४३ मंगलबार

#Government policies and programmes