राजनीति

मेलम्ची खानेपानी बाह्रै महिना काठमाडौं उपत्यकामा ल्याउने सरकारको घोषणा

सरकारले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी बाह्रै महिना नै ल्याउने घोषणा गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मेलम्ची खानेपानी बाह्रै महिना काठमाडौं उपत्यकामा ल्याउने बताएका हुन्।

उनले भने, 'मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना नै खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाई काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्गमा जोडिएको क्षेत्रमा विस्तार गरिने छ।'  

प्रकाशित: १ जेष्ठ २०८१ १६:२८ मंगलबार

#Government policies and programmes