सरकारले आगामी आर्थिक वर्षमा कालीगण्डकी कोरिडोर र कर्णाली करिडोरको अधिकांश सडक खण्डलाई बाह्रै महिना चल्ने गरी निर्माण सम्पन्न गर्ने भएको छ।
आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।
यस्तै,रणनीतिक महत्वको सेती लोकमार्ग र महाकाली कोरिडोर सडकको ट्याक तथा संरचना निर्माणमा प्राथमिकताका साथ अगाडि बढाउने घोषणा गरिएको छ।
यस्तै तमोर कोरिडोर, भेरी कोरिडोर, सालझण्डी–ढोरपाटन सहिदमार्ग तथा कान्ति राजमार्गको निर्माण र स्तरोन्नतिलाई निरन्तरता दिने सरकारले जनाएको छ।
प्रकाशित: १ जेष्ठ २०८१ १६:१४ मंगलबार