राजनीति

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गरेका छन्। कान्स फिल्म फेस्टिभलमा सहभागी हुनुका साथै उनी विभिन्न कार्यक्रममा पनि सहभागी हुनेछन्।

उनका निजी सचिवालयका अनुसार मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्तासहित फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

१२ दिनसम्म चल्ने फेस्टिभलमा सहभागी हुन गएका मेयर शाह ३ दिन कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्किनेछन्। उनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ।

प्रकाशित: १ जेष्ठ २०८१ ०९:०८ मंगलबार

#Kathmandu Metropolitan City #mayor_balen_shah #balen_shah #cans_film