राजनीति

संसद गतिरोध हटाउने विषयमा कांग्रेससँग प्रधानमन्त्री छलफलमा

नेपाली कांग्रेसले आफ्नो अडान कायमै राख्ने बताए पछि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल सुरु गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक छलफलका लागि बालुवाटर पुगेका छन्।

कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेर संसद अवरुद्ध गर्दै आएको छ।

संसद्को बर्खे अधिवेशन प्रारम्भ भएको दिन पनि कांग्रेसले संसद् बैठक अवरूद्ध गरेको थियो।

सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको बेला पनि संसद चल्न नदिने कांग्रेस अडानका कारण प्रधानमन्त्रीले गतिरोध हटाउन छलफल गरिरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको आज दिउँसो तीन बजे सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कर्याक्रम रहेको छ।

प्रकाशित: १ जेष्ठ २०८१ ०८:२४ मंगलबार

#gagan_thapa #prachanda #nepali_congress #Rabi_Lamichhane