राजनीति

जिबी राईलाई भगायो भन्नु बेतुकका कुरा, नेपाल ल्याउनेमा प्रष्ट छौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जिबी राईलाई जिबी राईलाई अघिल्लो सरकार र प्रधानमन्त्रीले भगायो भन्नु बेतुकका तर्क रहेको बताएका छन्।

आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले जिबी राईलाई ल्याउनपर्छ भन्ने कुरामा सरकार प्रष्ट भएको पनि बताए।

पासपोर्टको इस्युले गर्दा राईलाई ल्याउन अलिकति समस्या भएको उनको भनाइ छ। त्यसलाई हल गर्ने काम भइरहेको उनले बताए।

त्यस्तै दाहालले मंगलबारसम्म संसदको गतिरोध हटाउने विषयमा सहमति हुने दाबी गरे।

प्रकाशित: ३० वैशाख २०८१ १८:३१ आइतबार

#Pushpakamal_Dahal