राजनीति

सरकार छाड्ने तयारीमा जसपा नेपाल

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यही विषयमा छलफल गर्नका लागि आज आकस्मिक बैठक बोलाएका छन्।

अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।

आज नै माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बाहिरिएको थियो। त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले  उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका थिए। 

प्रकाशित: ३० वैशाख २०८१ १७:१७ आइतबार

#Janata Samajwadi Party Nepal