राजनीति

शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन्।

आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०८१ १५:०५ आइतबार

#President Ramchandra Paudel #Prime Minister Pushpa Kamal Dahal