राजनीति

आफूमाथि छानबिन गर्न पूर्व मन्त्री किरातीको माग

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूमाथि छानबिन गर्न माग गरेका छन्। 

आइतबार पूर्व मन्त्री किरातीले आफूमाथि  छानबिन गर्न माग गर्दै मन्त्री हितमान तामाङलाई पत्र बुझाएका हुन्।

पशुपतिमा विद्युतीय उपकरणद्वारा नि: शुल्क शव दहन गर्ने कार्यक्रम आफू मन्त्री हुँदा अघि बढाइएको र अहिले सोही विषयलाई लिएर सञ्चारमाध्यममा आरोपसहित भ्रामक समाचार आएकोले उनले छानबिन गर्न माग गरेका छन्। 

प्रकाशित: ३० वैशाख २०८१ १४:०३ आइतबार

#Sudan Kirati #Free cremation