राजनीति

विवादमा परेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

विवादित अभिव्यक्ति दिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा आइतबार राष्ट्रपति पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले १०० को नोटमा नयाँ चुच्चे नक्सा छाप्ने निर्णय गर्दा त्यसको विरुद्धमा अभिव्यक्ति दिएपछि डा.नेपाल विवादमा परेका थिए।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका नेपालको विवादास्पद अभिव्यक्तिलाई लिएर नागरिक समूहले पदबाट बर्खास्तीको माग गरेका थिए। सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उनको अभिव्यक्तिलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीसँग जवाफ मागेका थिए।

प्रकाशित: ३० वैशाख २०८१ ११:३४ आइतबार

#Economic Adviser to President Ramchandra Paudel #Dr. Chiranjeevi Nepal