राजनीति

जेठ १ मा संघीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने

आगामी मंगलबार जेठ १ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने भएको छ। संघीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने भएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्का दुव सदनका सांसदहरूलाई उपस्थितिका लागि आह्वान गरेको संसद् सचिवालयको सूचनामा उल्लेख छ। 

उक्त दिन दिउँसो पौने तीन बजेभित्र औपचारिक पोसाकमा उपस्थित भइसक्न सम्पूर्ण सांसदहरूलाई सूचित गरिएको छ।

सरकारले सो दिन राष्ट्रपति पौडेलबाट आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ। यद्यपि सूचनामा भने नीति तथा कार्यक्रम प्रस्तुतिका विषयमा कुनै कुरा खुलाइएको छैन।

प्रकाशित: २९ वैशाख २०८१ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App