राजनीति

केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्चको आदेश, चुनावमा सहभागी हुन पाउने

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

कथित मदिरा घोटाला प्रकरणमा भारतीय सरकारी एजेन्सी प्रवर्तन निर्देशनालय (इडी) ले मार्च २१ मा उनलाई पक्राउ गरेको थियो।  

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले केजरीवाललाई जुन १ सम्मका लागि अन्तरीम जमानत दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यता केजरीवाललाई पक्राउ गरेको सरकारी एजेन्सी इडीले भने सर्वोच्चको उक्त आदेशको विरोध गरेको छ।

सर्वोच्चको आदेशले केजरीवाललाई चुनावी अभियानमा जुट्न पनि सहमति दिएको छ। भारतमा अहिले लोकसभा निर्वाचन भएको छ।

उक्त निर्वाचनमा उनलाई सहभागी हुन कुनै छेकबाँध नहुने आजतकले उल्लेख गरेको छ। यद्यपि आदेशको लिखित विवरण भने आइसकेको छैन।

आज साँझसम्ममा उनी तिहाड जेलबाट रिहा हुने सञ्चारमाध्यमले लेखेका छन्।

प्रकाशित: २८ वैशाख २०८१ १५:०६ शुक्रबार

Supreme Court new delhi Delhi Chief Minister Arvind Kejriwal