राजनीति

मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनीयताको शपथ

तस्बिर: चुमन बस्नेत

कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका  छन्। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा बिहीबार नियुक्त गरेका थिए।

बुधबार राती संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमत प्राप्त सांसदको नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका थिए।

प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष  कार्कीले नेकपा एमाले ३९ र माओवादीका  १३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए।

कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको प्रदेश प्रमुख खापुङले हस्ताक्षर  सनाखत गरेका थिए। कार्की यस अघि संविधानको धारा १६८ को उपधारा २ र ३ अनुसार मुख्यमन्त्री नियुक्त भइसकेका छन्।

प्रकाशित: २७ वैशाख २०८१ १८:२० बिहीबार