राजनीति

मुख्य न्यायधिवक्ताले लिए शपथ

हेटौँडा– प्रदेश ३ का नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। विहीबार एक कार्यक्रमबीच पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले उनलाई शपथ खुवाएका हुन्। 

सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी थिए। 

मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौपानेलाई गत फागुन २३ गते प्रदेश सभाको मुख्य न्यायधिवक्तामा नियुक्ति गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए।

प्रकाशित: ८ चैत्र २०७४ ०८:१० बिहीबार