राजनीति

बागमतीको बर्खे अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

बागमती प्रदेश सभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते गर्ने गरी आह्वान गर्न सिफारिस गरिएको छ।

बिहीबार बिहान प्रदेश राजधानी हेटौँडामा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले ३१ गतेका लागि अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नेछन्।

बजेट अधिवेशन पनि भनिने बर्खे अधिवेशनबाट सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुका साथै छलफल गरी पारित हुनेछ। गत वैशाख १२ गते राती १२ बजेबाट लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो।

प्रकाशित: २७ वैशाख २०८१ १७:१४ बिहीबार

#Bagmati Province Assembly