राजनीति

सर्वोच्चकाे चियापान कार्यक्रममा राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक भएका छन्।

कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले राष्ट्रपति पौडेललाई पुष्पगुच्छा दिएर स्वागत गरे। यस्तै, कार्यक्रममा प्रथम महिला सबिता पौडेल पनि उपस्थित थिइन्। 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारीहरु तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको छ।

प्रकाशित: २६ वैशाख २०८१ १५:११ बुधबार

#Ramchandra_Poude #Kanun_Diwas