राजनीति

एमालेसँग सरकार बनाउने कुरा भएको छैन: रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग सरकार बनाउने कुरा नभएको बताएका छन्।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक लेखकले एमालेसँग सरकार बनाउने तहमा कुरा नभएको बताएका हुन्।

आमजनताको धारणा एमालेसँग मिलेर सरकार बनाउनुपर्ने भएतापनि  सरकार बनाउने तहमा एमालेसँग कांग्रेसले संवाद नगरेको उनले बताए।  

प्रकाशित: २६ वैशाख २०८१ १४:०७ बुधबार

#nepali_congress #Ramesh lakhak