राजनीति

कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बस्दै

फाइल तस्बिर

नेपाली कांग्रेसले वर्तमान पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने छ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गते सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल हुनेछ।

बजेट अधिवेशनमा कांग्रेसका सांसदहरुले उठाउने विषयबारे छलफल गर्न भोलि संसदीय दलको बैठकसमेत बोलाइएको छ। संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने छ।

प्रकाशित: २६ वैशाख २०८१ १०:१३ बुधबार

#nepali_congress #political_situation