राजनीति

रास्वपा संसदीय दलको बैठक सुरु, बजेट अधिवेशनबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ। पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको बताइन्।

उनले इलाम निर्वाचन क्षेत्र नं. २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिइन्।

प्रकाशित: २५ वैशाख २०८१ १०:०० मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक पार्टी सचेतक निशा डाँगी