राजनीति

एजेन्डा बिना निर्वाचनमा गएकाले हार भोग्न बाध्य भयौं: मुकुल ढकाल (भिडियोसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठोस एजेन्डा बिना नै उपनिर्वाचनमा सहभागी भएकाले लज्जास्पद हार भोग्नु परेको बताएकाे छ।

नेपाल रिपब्लिक मिडियाको प्रस्तुति पाँच प्रश्नमा कुराकानी गर्दै रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले इलाममा भएको उपनिर्वाचनका लागि पार्टीले ठोस एजेन्डा तय गर्न नसक्नु गल्ती भएको बताए।

हारबारे ठोस विश्लेषण गर्न बाँकी रहे पनि प्रमुखरुपमा एजेन्डाविहीन पार्टी, सरकारमा सहभागी हुनुको औचित्य पुष्टि गर्न नसक्नु, परम्परागत शैली अपनाउनुलगायतलाई सुरुवाती कारण मानेको उनको भनाइ छ।

महामन्त्री ढकालले भने, ‘सरकारमा सहभागी भएर जुन बिहानीको संकेत गर्नुपर्ने थियो त्यो गर्न नसक्नु हारको एउटा कारण हो।’ 

पार्टीले क्रियात्मकभन्दा प्रतिक्रियात्मक शैली अपनाएकाले सभापतिसहित केही नेतामाथि विभिन्न प्रकारका आरोप लाग्ने गरेको दाबी गर्दै उनले सोबारे पार्टीले आधिकारिक निर्णय गर्न बाँकी रहेको बताए।

प्रकाशित: २४ वैशाख २०८१ १८:१६ सोमबार