राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ४ः ३० बजेका लािग बोलाइएको छ।
बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुनेछ।
प्रकाशित: २१ वैशाख २०८१ ०७:४५ शुक्रबार