राजनीति

प्रधानमन्त्री दाहाल र ओलीबिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो।

उनीहरुबीच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत वैशाख १५ मा सम्पन्न इलाम– २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ।

प्रकाशित: २० वैशाख २०८१ १३:१२ बिहीबार

एमाले अध्यक्ष केपी शर्मा ओली भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल