राजनीति

बझाङमा एमालेका भण्डारी नौ मतले अगाडि

बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन्।

जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका-९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हो।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले नौ हजार आठ सय ८९, एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले नौ हजार आठ सय ८० मत प्राप्त गरेका छन्।

साथै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ६ सय ५४, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार चार ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए।

प्रकाशित: १७ वैशाख २०८१ ११:४३ सोमबार

दमनबहादुर भण्डारी मतगणना बझाङ– १ प्रदेशसभा (क) एमाले