राजनीति

बझाङमा मतगणना सुरु

बझाङ क्षेत्र नम्बर–१ ‘क’ मा मतगणना सुरु गरिएको छ। सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा मतगणना थालिएको हो।

छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु गरिएको छ।

शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो। 

प्रकाशित: १६ वैशाख २०८१ १४:४६ आइतबार

बझाङ क्षेत्र नम्बर–१