जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ।
सो पार्टीका अध्यक्ष उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव शनिबार अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
अप्रिल ३० देखि मे ३ सम्म सङ्युक्त राष्ट्र सङ्घीय सचिवालय न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेका र मे ७ मा स्वदेश फर्किने कार्यक्रम तय भएको समेत बस्नेतले बताए।
प्रकाशित: १६ वैशाख २०८१ १२:१० आइतबार