राजनीति

प्रधानमन्त्री दाहाल पुगे मोरङ

प्रधानमन्त्री पुष्पकमल दाहाल केहीबेर अघि मोरङ आइपुगेका छन्। उनी नेपाली सेनाको हेलिकप्टरबाट आइपुगेका हुन्।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल आइपुगेका बताइएको छ।

उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका हुन्।

प्रकाशित: १४ वैशाख २०८१ १२:५४ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोह