राजनीति

मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न एमालेको आग्रह

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अल्पमतमा परिसकेका कारण मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ।

प्रदेशसभाको आजको बैठकमा बोल्दै नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभाको बैठकमा प्रतिपक्षमा बहुमत सांसद भएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेका कारण मार्ग प्रशस्त गर्न आग्रह गरे।

सर्वोच्च अदालतले गरेको व्याख्यामा सरकार बन्ने विकल्प बाँकी रहेसम्म नयाँ सरकार गठन हुन सक्ने दाबीसमेत गरे। उनले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकारलाई सांसदले दिएको समर्थन फिर्ता लिन पाउने जिकिर गरे। 

प्रकाशित: ६ वैशाख २०८१ १४:३४ बिहीबार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की