राजनीति

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन्। 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा.शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख) मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ।  उनी सत्तारूढ दल नेकपा एमाले विदेश विभाग सचिव हुन्।

प्रकाशित: ६ वैशाख २०८१ १२:५५ बिहीबार

राष्ट्रियसभा सदस्य डा.अन्जान शाक्य मनोनीत