राजनीति

‘ग्रीन हाइड्रोजनका लागि मन्त्रालयले अलगै डेस्क राखेर काम गर्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा ग्रीन हाइड्रोजनको उत्पादनका लागि लगानी आकर्षण गर्न सरकार क्रियाशील रहेको बताएका छन्।

बुधबार इन्टभेरोमेन्ट एण्ड कल्चर भोलेन्टियर नेपालले काठमाडौंमा आयोजना गरेको ‘ग्रीन हाइड्रोजन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘छिटोभन्दा छिटो ऐन कानून नबन्दाको बाधा फुकाउन सरकार छलफलमा छ। ग्रीन हाइड्रोजनका लागि मन्त्रालयले अलगै डेस्क राखेर काम गर्छ।’ उनले प्रतिबद्धता जनाए।

मन्त्री बस्नेतले सरकारले बनाउने अर्थतन्त्रमा ग्रीन इनर्जीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै अर्थतन्त्र सुदृढीकरणका लागि ग्रीन इनर्जी नेपालको आवश्यकता रहेको उल्लेख गरे।

नेपालको पेट्रोलियम पदार्थको आयातलाई घटाउन पनि ग्रीन हाइड्रोजन विकल्प हुने उनले बताए।

प्रकाशित: ५ वैशाख २०८१ २१:०१ बुधबार