राजनीति

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री दाहाल

राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेका छन्।

प्रधानमन्त्री दाहाल बुधबार अपराह्न राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।

उक्त भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०८१ १७:५५ बुधबार

राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल