राजनीति

प्रधानमन्त्री सुरूङभित्रै सोफामा बसेकाेप्रति पाण्डेको टिप्पणी: हामीले खोजेको नेता यस्तै हो !

विवेकशील साझाका नेता मिलन पाण्डे प्रधानमन्त्री पुष्पकमल दाहाल सुरूङभित्रै सोफामा बसेकाेप्रति टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा पाण्डेले प्रधानमन्त्री सुरूङभित्रै सोफामा बसेको तस्बिर राख्दै हामीले खोजेको नेता यस्तो हो भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन्, 'आजभोलि यस्ता विषयमा टीकाटिप्पणी गर्न जाँगर त छैन। तर पनि, हामीले खोजेको नेता यस्तो हो, जो यस्ता सोफालाई लात हानोस्, र यस्ता काम गर्ने कर्मचारीलाई गाली (प्रश्न) गरोस्। नागरिकको बि।पी यसै बढेको होइन नि !'

सोमबार नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’को प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल समेत पुगेका थिए। उनलाई सुरुङभित्रै रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ। साथै सोफामा बस्ने व्यवस्था मिलाइएको छ। अहिले उक्त तस्बिरलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन्। 

प्रकाशित: ३ वैशाख २०८१ १९:१८ सोमबार

विवेकशील साझाका नेता मिलन पाण्डे प्रधानमन्त्री पुष्पकमल दाहाल नागढुंगा–सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’