नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। संसद भवनस्थित ल्होत्से हलमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ।
प्रकाशित: ३ वैशाख २०८१ ०७:५३ सोमबार