राजनीति

गृहमन्त्रीमाथि छानबिनको कुरा राजनीतिक पूर्वाग्रह: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाएका छन्।

आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर गृहमन्त्रीमाथि छानबिनको कुरा उठाएको आरोप लगाए।

प्रधानमन्त्री दाहालले नयाँ समिकरण बन्नुभन्दा अगाडीदेखि नै सहकारीको विषयमा कुरा उठेपनि अहिले आएर मात्रै कांग्रेसले गृहमन्त्रीमाथि छानबिनको विषय उठाइरहेको उल्लेख गरे।

‘पहिला काग्रेससँग गठबन्धन हुँदा नै यो कुरा आएको थियो’ उनले भने ‘नयाँ समकिरण फेरीएपछि पहिलो कोशीस रविलाई प्रधानमन्त्री बनाउने प्रयास काग्रेसले गर्‍यो  त्यो कोशीस सफल  नभएपछि अहिले छननिवको प्रश्न उठाएको छ भित्रि कुरा यहि हो।’

सिआइविले सहकारीका विषयमा केहि प्रमाण छैन भनेर भनि सकेको दाबी गर्दै उनले भने, ‘छानविन गर्ने निकायले नै प्रमाण छैन भने पछि मैले त्यहि कुरा सदनमा बोलेको हुँ।’

उनले सहकारी प्रकणमा प्रमाण भेटिए छानबिन हुने र कारवाही पनि हुने दाबी गरे। 

प्रकाशित: २९ चैत्र २०८० ११:३८ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली काँग्रेस गृहमन्त्री रवि लामिछाने छानबिन