राजनीति

गृहमन्त्री लामिछानेलाई लिङ्देनको चेतावनी: 'याे दिनलाई सम्झनामा राख्ने छौँ'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन्। 

प्रदर्शनकै क्रममा गरिएको कोणसभामा बोल्दै लिङ्देनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका हुन्।

आज पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिँदै आफूहरूले यो दिनलाई सम्झनामा राख्ने उनले बताए। 

प्रकाशित: २७ चैत्र २०८० १५:४० मंगलबार

अध्यक्ष राजेन्द्र लिङ्देन गृहमन्त्री रवि लामिछाने