राजनीति

कोसीमा सरकारबाट बाहिरियो माओवादी, मन्त्रीहरुले आजै राजीनामा दिने

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) ले कोसी सरकारबाट बाहिरिने निर्णय गरेको छ।

सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ। माओवादीबाट मन्त्री भएका राजेन्द्र कार्की, नारायण बुर्जा मगर र गणेश उप्रेतीले सोमबार नै पदबाट राजीनामा दिने छन्।

माअ‍ोवादी केन्द्रका सांसद दूर्गाप्रसाद चापागाईले माओवादी संसदीय दलको आजको बैठकले सरकारको समर्थन फिर्ता लिएर आफ्ना सबै प्रतिनिधिलाई सरकारबाट फिर्ता बोलाएको जानकारी दिएका हुन। ‘विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसँग माग गर्ने र नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय पनि भएको छ’, उनले नागरिकन्यूजसँग भने। 

प्रकाशित: २६ चैत्र २०८० १४:५५ सोमबार

माओवादी कोसी सरकार