राजनीति

प्रधानमन्त्रीसहित ४ दलका शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन्।

प्रमुख विपक्षी नेपाली कांग्रेसले आगामी संसद बैठकमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्ने समिति गठनसहित सरकार नआए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले ४ दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अबरुद्ध गर्ने चेतावनी दिएको सम्बन्धमा उनले दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन्।

प्रकाशित: २६ चैत्र २०८० ०९:०२ सोमबार

देवराज घिमिरे प्रतिनिधि सभा शीर्ष नेताहरूसँग छलफल संसदीय छानबिन समिति