राजनीति

कालीकोट एमालेको अध्यक्षमा मल्ल विजयी

नेकपा एमाले जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन्। चैत २१ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार भएको निर्वाचनबाट उनी विजयी भएका हुन्।

चुनावमा मल्लले दयाराम सिम्खडालाई ३२ मतले पराजित गरेका हुन्। कूल ४ सय २८ प्रतिनिधि रहेको अधिवेशनमा ४ सय २४ मत खस्दा मल्लले २ सय १८ मत ल्याए भने सिम्खडाले १ सय ८६ मत पाए।

त्यस्तै उपाध्यक्षमा मल्ल टिमकै टेकबहादुर बुढाले २ सय १०, सचिवमा पुष्पराज आचार्यले २ सय १२ मत ल्याएर विजयी भएका छन्।

उपसचिवमा पुरुषतर्फ पवित्रकुमार शाही र महिलातर्फ ताराकुमारी शाही विजय भएका छन्। निर्वाचनको परिणाम आइसकेपछि प्रतिक्रिया दिँदै मल्लले सबैको भावनालाई समेटेर अघि बढ्ने बताए।

चुनावबाट धेरै सिकाइ भएकाले संगठन निर्माणमा थप सक्रिय हुने मल्लका प्रतिस्पर्धी सिम्खडाले बताए।

प्रकाशित: २५ चैत्र २०८० ०८:५१ आइतबार

नेकपा एमाले जिल्ला कमिटी तुलाराम मल्ल विजयी अधिवेशन