राजनीति

सुदूरपश्चिममा नयाँ सरकार आह्वान, दाबी पेस गर्न १० दिनको समय

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेका छन्।

संविधानको धारा १६८ (३)  अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बिहीबार राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्य मन्त्री नियुक्त गर्ने प्रावधान छ। सो बमोजिम प्रदेश प्रमुख मियाले वैशाख २ गते आइतबार साँझ ५ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका छन्।  

प्रकाशित: २३ चैत्र २०८० १६:४५ शुक्रबार

सुदूरपश्चिम प्रदेश