राजनीति

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन्।

शुक्रबार ४४ सांसदको हस्ताक्षरसहित महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्।

महराले मुख्यमन्त्री नियुक्तिको लागि एमालेबाट २९, माओवादीबाट १०, एकीकृत समाजवादीबाट १, जसपाबाट ३ र १ स्वतन्त्रसहित ४४ सांसदको समर्थन पेस गरेका छन्। 

बिहीबार सत्तासाझेदार दलहरूबीच देउखुरीमा बसेको बैठकले मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शुक्रबार महराले दाबी पेस गरेका छन्। 

प्रकाशित: २३ चैत्र २०८० १२:५८ शुक्रबार

लुम्बिनी प्रदेश (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा