राजनीति

गण्डकीमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समयसीमा दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन्।  

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान पदबाट राजिनामा दिएका थिए। 

उनले राजिनामा दिएलगत्तै प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा यहि चैत २७ गते अपराह्न ३ बजेसम्म सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०८० १४:२३ बुधबार

गण्डकी प्रदेश