राजनीति

गहृमन्त्री माथिको ‘संसदीय छानबिन समिति’ गठनको अल्टिमेटम सकिएको कांग्रेसको चेतावनी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा मुछिएको आरोप लागेका उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने माथिको छानबिनका लागि ‘संसदीय छानबिन समिति’ गठनको मागको अल्टिमेटम सकिएको चेतावनी दिएका छन्।

बुधबारको प्रतिनिधिसभाको बैठकमा महामन्त्री शर्माले यस्तो चेतावनी दिएका हुन्।

‘आजबाट हामीले संसदीय समिति गठन गर्न दिएको अल्टिमेटम सकिएको घोषण मैले यहाँलाई सुनाउनुपर्छ।’, महामन्त्री शर्माले भने, ‘आजको बैठक पछाडी सरकारलाई अपिल छ आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय समिति लिएर आवस। हामी यो कुरा भन्दा न दायाँ न बायाँ उभिने वाला छैनौ । कसैलाई भ्रम नपरोस, कांग्रेसले यो मुद्धा टुङग्याउदैछ भनेर।’

प्रकाशित: २१ चैत्र २०८० १२:२६ बुधबार

नेपाली कांग्रेस विश्वप्रकाश शर्मा सहकारी प्रकरण