राजनीति

संसद बैठकः मन्त्रीहरूले जवाफ दिँदै, विषयगत समितिका सदस्य हेरफेर हुने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बस्ने छ।

आजको बैठकमा विभिन्न विषयगत मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ। संसद सचिवालयका अनुसार वन तथा वातावरण मन्त्री नवल किशोर साह, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङ र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्।

सचिवालयका अनुसार आजको बैठकमा उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ‘विमस्टेक वडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘विमस्टेक वडापत्रलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि पेश गर्नेछन्।

प्रकाशित: २० चैत्र २०८० ०७:५४ मंगलबार

प्रतिनिधि सभा संसद भवन मन्त्रीहरूले जवाफ दिने संसद सचिवालय शक्ति बहादुर बस्नेत