राजनीति

हर्कले दिए गृहमन्त्रीलाई ‘सुधारबार’ अभियानको निम्तो

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।

आइतबार मन्त्रालयमा भएको भेटमा दुईजनाबीच लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको थियो। 

धरानमा आफूले शुक्रबार चलाइरहेको ‘सुधारबार’ अभियानमा सहभागी भइदिन उनले गृहमन्त्रीलाई निम्तो दिएका छन्।

गृहमन्त्री लामिछानेले साम्पाङको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

लामिछानेले लागुऔषध दुर्व्यसनी  नियन्त्रण गर्न संघले मात्र नभएर सबै तहले मिलेर अगाडि जानुपर्ने बताएका छन्। 

प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त श्रोत–साधनको माग गरेका थिए।

प्रकाशित: १८ चैत्र २०८० १४:५५ आइतबार

धरान उपमहानगरपालिका धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राई उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने