राजनीति

कर्णाली राजमार्ग स्तरोन्नति नभए आन्दोलन गर्छौंः ज्ञानबहादुर शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था नभए सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले जुम्ला जोडने सो राजमार्गको स्तरोन्नति नभएका कारण त्यहाँ जनता अलपत्र अवस्थामा बस्नुपरेको उल्लेख गर्दै अब पनि त्यसका लागि बजेटको व्यवस्था नभए संसद र सदन दुवैमा आन्दोलन गर्ने बताएका हुन्।

प्रमुख सचेतक शाहीले कर्णालीका नागरिकले पनि बाँच्न पाउने अधिकार भएकाले सरकारले त्यसको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताए। उनले जुम्लाले मात्रै स्याउ, मार्सी धान, जडिबुटी लगायतबाट देशलाई करोडौं दिनसक्ने अवस्था भएकाले सरकारले त्यस क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए। 

प्रकाशित: १८ चैत्र २०८० १३:५८ आइतबार

ज्ञानबहादुर शाही