राजनीति

सहकारीको रकम ठगी गर्नेहरूलाई सरकारले संरक्षण गर्‍यो: नेता केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरूलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको जिकिर गरे।

‘अहिले राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतीतर्फ अघि बढिरहेको छ। नागरिकहरूमा निराशा छाएको छ। बिस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको छ।’ उनले भने।

ठगी खानेहरुलाई राज्य त्यसलाई संरक्षण गरेको बताउँदै उनले भने ‘राज्य कारबाही भन्दा संरक्षण गर्नेतिर लागेको छ। अहिले वास्तवमा संसद् सांसदजस्तो चलिरहेको छैन, सरकार सरकार जस्तो चलिरहेको छैन, पार्टी, पार्टी पार्टी जस्तो चलिरहेको छैन, यो अराजकतापूर्ण स्थिति जो देशमा देखिएको छ, त्यसले बडो निराशा र अराजकताको स्थिति सिर्जना गरेको छ।’

नेता केसीले अहिले सरकार, सरकार जसरी र संसद्, संसद् जसरी सञ्चालन हुन नसकेको बताए।

प्रकाशित: १७ चैत्र २०८० १५:१४ शनिबार