राजनीति

सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा.मनोजकुरमा शर्मा र विनोद शर्माको संयुक्त इजलसले गुरुङको रिट जारी गरेको हो। आदेशसँगै सांसद गुरुङको निलम्बन फुकुवा भएको छ।

भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित रिट दायर गरेका थिए।

प्रकाशित: १६ चैत्र २०८० १७:२९ शुक्रबार

सांसद टेकबहादुर गुरुङ