राजनीति

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारीमा छौँ: मन्त्री साह

कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताएकी छिन्।

सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रम सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन्।

उनी भन्छिन् ‘सुन्तलाको हिसाबले पनि म केही दिनमा मन्त्रीपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि लागेको छु। किनकि नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ। त्यो फल खान पनि सजिलो छ। गाडीमा बस्दाखेरी पनि अब ५/६ जना बसे पनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरू परेन। त्यो हिसाबले राष्ट्रिय फलफूलको हिसाबले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दै छु। त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु।’

मन्त्री ज्वालाले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउन सके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने उल्लेख गरिन्।

मन्त्री साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने प्रतिबद्धता समेत जनाइन्। ‘किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको छ।’ उनले भनिन्।

प्रकाशित: १२ चैत्र २०८० १६:२० सोमबार