राजनीति

सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छ: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।

आइतबार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताएका हुन्।

यस्तै, नेता खनालले देशका युवाहरु साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरुका विरुद्ध एकतावद्ध भएर अगाडी बढ्नुपर्ने र देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरुका विरुद्ध पनि आम जनतालाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जा‍ेड दिए।

प्रकाशित: ११ चैत्र २०८० १६:०५ आइतबार

(एकीकृत समाजवादी झलनाथ खनाल नेता